सुरेश दर्पण पोखरेलको निर्देशनमा भानु महर्जनको प्रस्तुती रहेको हाँस्यप्रधान चलचित्र 'कस्लाई दिउँ यो जोवन' यहि फाल्गुन ६ गतेबाट राजधानी बाहिरका करिब २ दर्जन हलहरूमा एकसाथ प्रदर्शन हुने भएको छ ।
केदार पराजुली र कृष्ण श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्र राजधानी बाहिर पोखरा, नारायणगढ, दमक, बिर्मामोड, दाङ, बुटवललगायतका हलहरूमा एकसाथ प्रदर्शन हुने भएको छ । राजधानी बाहिरका हलहरूको प्रदर्शन लगत्तै राजधानीमा पनि यो चलचित्र प्रदर्शन हुने निर्देशक सुरेशले फिल्मीखबर डटकमलाई बताए । कमेडी चलचित्र 'निशाना' को सफलतासँगै चर्चामा आएका निर्देशक सुरेशले चलचित्र 'कस्लाई दिउँ यो जोवन' लाई पूर्णरूपमा हाँस्यप्रधान चलचित्र भएको बताए ।
निर्देशक सुरेशकै कथा रहेको यस चलचित्रमा निखिल उप्रेती, दिलिप रायमाझी, झरना थापा, मेलिना मानन्धर र सुरज आर डीको मुख्य अभिनय रहेको छ । बसन्त सापकोटाको संगित रहेको चलचित्रमा सिमोस सुनुवार र शंकर बिसीको नृत्य, बिष्णु कल्पितको छायाँकन रहेको छ । चलचित्रलाई व्यङ्ग्यात्मक बनाउन निर्देशक सुरेशले चलचित्रका मुख्य ५ कलाकारहरूलाई नाङ्गो रूपमा प्रस्तुत गरेका छन् । ५ जना कलाकारलाई एकैपटक नंग्याउन सफल निर्देशक सुरेशले दर्शकलाई मनोरञ्जन प्रदान गर्न व्यङ्गात्मक शैलीमा कलाकारलाई नांगो बनाएको बताउँछन् । तर यि कलाकार पूर्ण नग्न भने भएका हैनन् । उनिहरू त चलचित्रको प्रोमोसन भिडियो र पोस्टरको लागी अर्धनग्न भएर फोटो सेसन गराएका हुन् । तर पनि फोटो हेर्दा उनिहरू पूर्ण रूपमा नग्न भएको जस्तो देखिन्छ ।
Source: Filmy Khabar